नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
कञ्चनपुर । २०७७ पुस ६ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्वर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले समीक्षा कार्यक्रममा प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तृत प्रतिवेदनमा गैरन्यायिक गिरफ्तारीका पाँच ओटा र हत्याका ६ ओटा, बलात्कारका १० ओटा, बलात्कार प्रयासका चार ओटा, घरेलु हिंसाका ६ ओटा, कुटपिट तथा गालिगलौजका तीन ओटा र भौतिक संरचना क्षतिका एक ओटा गरी ३४ ओटा घटना रहेका छन् । समीक्षा कार्यक्मका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्लन गर्दै आएकोमा इन्सेकलाई धन्यवाद दिदै इन्सेक प्रतिनिधिले स्थानीय तहसम्म पुगेर मानव अधिकार उल्लङ्घनका घटना उजागर गर्न आवश्यक रहेको सुझाव दिनु भयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख सानु बुडथापा महराले न्यायिक समितिको क्षमता अभिबृद्धी गर्न सकेमा पीडित पक्षले सहज र छिटोछरितो रुपमा न्याय पाउन सक्ने र यसले गर्दा मानव अधिकारको संरक्षणमा पनि सहयोग पुग्ने बताउनु भयो । मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष पुनमसिह चन्दले बालिका तथा महिलामाथि बलात्कार र घरेलु हिंसाका घटना दिनप्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनिकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो– ‘स्थानीय तहले पीडितहरुलाई राहात पुग्ने कार्यक्रम बनाएर कार्यान्वयन गर्न आवश्यक छ । पीडित केन्द्रीत कार्यक्रम सञ्चालन गर्न सके मात्रै समस्या समाधान हुन सक्छ । ’
कोमलनिरञ्जन भाट