नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा सम्पन्न

स्याङ्जा । २०८० मङ्सिर २८ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा स्याङ्जामा मङ्सिर २७ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङ्जा जिल्लामा सन् २०२३ जनवरीदेखी नोभेम्बरसम्ममा ४६ ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना अभिलेख गरेको इन्सेक जिल्ला प्रतिनिधि समीक्षा ढकालले प्रस्तुत गर्नुभएको थियो । जसमा बालबालिका सम्बन्धित हुने सबै प्रकारका घटनाबाट १३ जना पीडित भए । जसमा शिक्षाबाट वञ्चित एक जना,  बलात्कारबाट पीडित ११ जना, यौन दुर्व्यवहारबाट पीडित एक जना रहेको इन्सेकले अभिलेख गरेको छ । यसै गरि कुटपिटबाट पीडित एक जना, महिला सम्बन्धि हुने घरेलु हिंसाका घटनाबाट २६ जना,  बलात्कारका घटनामा दुई जना, यौन दुर्व्यवहारबाट एक पीडित भएको अभिलेख गरिएको छ । त्यस्तै एक जना बालकको हत्या भएकोे अभिलेख इन्सेकले गरेको छ । कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिकाका उपप्रमुख देवि अर्यालल इन्सेक जस्तो मानवअधिकार संघ संस्थाले राज्यलाई मानवअधिकार कार्यान्वयनको लागि समय समयमा खबरदारी गरिरहनुपर्ने बताउनुभयो ।

    

अर्यालले मानवअधिकारको रक्षाको लागि इन्सेकले आफ्नो भुमिका विगतको भन्दा अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा प्रशासकीय अधिकृत शोभाखर पोखरेलले सरकारले मानवअधिकारको उल्लंघन गर्ने नभई संरक्षण गर्ने बताउनुभयो । उहाँले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी हुनु भन्दा अगाडि देखिनै सरकारले मानवअधिकारको संरक्षणको लागि काम गरेको बताउनुभयो । पुतलीबजार नगरपालिकाको उपप्रमुख देविअर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरि नरिक्षक पावलसिंह लामा, नेपाल कानुन समाजका अधिवक्ता युगनारायण श्रेष्ठ , नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाका अध्यक्ष हिमलाल ढकाल, कारागार प्रमुख चूडामणि भण्डारी, प्रहरि सहायक निरीक्षक धनमाया शाक्य, राष्ट्रिय अनुसन्धान विभाग कार्यालयका अनुसन्धान अधिकृत शुक्रराज त्रिपाठी, पुतलिबजार नगर स्काउटका सदस्य सन्तोष मरासिनी, पुर्व इन्सेक प्रतिनिधि राधाकृष्ण शर्मा, सामुदायिक रेडियो स्याङ्जाका सचिव बलराम दोरंगा, शिक्षक यमनारायण दोरंगा, नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश अर्याल, पत्रकारहरु रामबहादुर रोक्का , रोशन लामिछान पौडेल, लगायतले सुझाव र जिज्ञासा राख्नुभएको थियो ।

समीक्षा ढकाल