नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व समीक्षा कार्यक्रम समपन्न
बारा । २०८० पुस ३ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि बारा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व ०८० मङ्सिर ३० गते बारामा मानव अधिकार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक बारा प्रतिनिधिका अनुसार सन् २०२३ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो वर्षमा ८५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ । इन्सेक बाराका प्रतिनिधि धिरेन्द्र प्रसाद बरैले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा एक वर्षको अवधिमा परिवारजनबाट महिला र पुरुषको हत्या, बलात्कारको ओटा घटनामा बालिका र महिला गरी जना पीडित भएको तथ्याङ्कप्रतिनिधिबरैले प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष निभा कुमारी सिँहले इन्सेकको प्रतिवेदनले समाजमा हिंसाहरू बढी रहेको र मौलिकहकमा गाँस, बास र कपास मात्र नभएर शिक्षा र सूचना त्यती नै महत्वपूर्ण रहेको बताउनु भयो ।

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हननहुने गरी आफनो अधिकारको प्रयोग गर्नु पर्छ भनी सबै जना बुझे अहिले देखि नै मानव अधिकारमा सुधार हुन्छ । इन्सेक संस्था धेरै दिनदेखि मानव अधिकार रक्षकको रुपमा काम गरिरहेको र आउदो दिनमा पनि राम्रो भूमिका गरिरहोस भनी शुभकामना समेत दिनु भयो । साथ साथसिकाई सञ्जालका सरस्वती खरेलले मानव अधिकारको क्षेत्रमा इन्सेक अग्रनी संस्थाको रुपमा स्थापित भएको बताउनु भयो । घटना बारे सत्य तथ्य बुझी सम्बन्धीत निकायलाई ध्यानाकार्षण गराई पीडितहरूको आवाजलाई न्यायीक प्रक्रियासम्म पु¥याउन सहयोग पुगेको बताउनु भयो । कार्यक्रममा जनमत पार्टीका मधेस प्रदेश सदस्य रामाशंकर प्रसाद कुशवाहा, महिला सञ्जालका गोदाबरी कुमारी साह, उर्मिला उपाध्याय, संरक्षण नेपालका कृष्ण प्रसाद यादव, दलित महिला संघ बाराका किशोरीलाल राम, महिला सुरक्षा समूहका गायत्री कुमारी, समाजसेवी हजारीलाल कुशवाहा, सोसल सर्भिस कमिटी बाराका पवनकुमार अग्रवाल, मानव अधिकार प्रतिष्ठान बाराका बिज्रबिशोर शाह, गढीमाई युनेसक क्लबका अध्यक्ष मन्जु सुबेदीलगायत अधिकारकर्मीहरूले प्रतिवेदनमा टिप्पणी गर्नु भएको थियो ।
धिरेन्द्र प्रसाद बरै
HUMAN RIGHTS NEWS PORTAL






