नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इलाम । २०७८ मङ्सिर २४ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाहरूबिच समीक्षा मङ्सिर २४ गते समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इलाम)को आयोजनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा इन्सेक इलाम प्रतिनिधिले सन् २०२१ को जनवरीदेखि डिसेम्वरसम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनाहरू प्रस्तुत गर्नुभयो । ११ महिनाको अवधिमा हत्यामा ५ जना, बालिका बलात्कारमा १० जना, बालयौन दुर्व्यवहारमा २ , घरेलु हिंसामा ३ जना, बहुविवाहमा ४ जना, महिला बलात्कारमा १२ जना, महिला बलात्कार प्रयासमा १जना महिला यौन दुव्र्यवहार २ वटा घटनाहरु सार्वजनिक गरिएको छ ।
जिल्लामा पुरुषको तुलनामा महिला बढी पीडित हुने गरेको तथ्याङ्कले देखाएको छ । घरायसी मामिलादेखि सार्वजनिक क्षेत्रमा समेत महिला नै बढी पीडित हुनु परेको तथ्याङ्क इन्सेक इलामले सार्वजनिक भएको छ । मानव अधिकार बर्ष पुरस्कार २०२२ को प्रकाशन पूर्वको समीक्षामा बोल्दै जिल्ला समन्वय समिति इलामका प्रमुख महेश बस्नेतले यी बाहेक आत्महत्याका घटना समेत इलाममा बढी हुने गरेको बताउनु भयो ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मानिसमा नकरात्मक प्रवृत्ति हावी हुँदा हत्या र हिंसाका घटना बढी भएको बताउनु भयो । उहाँले मानिसको चेतनाको स्तर उसको भौतिक अवस्थामा भर पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रबहादुर श्रेष्ठले मानवको बाँच्न पाउने अधिकार नै मानवअधिकार रहेको बताउनु भयो । उहाँले समय अनुसार मानव अधिकारका घटना घट्ने प्रक्रिया फेरिदै गएको बताउनु भयो । कार्यक्रममा उच्च बार एशोशिएसन इलामका अध्यक्ष वीरबहादुर खड्का, गैरसरकारी संस्था प्रदेश १ का अध्यक्ष प्रकाश अधिकारी, जिल्ला बार एशोसएशन इलामका अध्यक्ष तारानाथ पराजुलीलगायतले बोल्नु भएको थियो ।
बविता मैनाली