परियोजना परिचयात्मक तथा मानव अधिकार समुहको पुनर्गठन सम्पन्न
कैलाली । २०७९ भदौ २८ गते
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कैलाली जिल्लामा सञ्चालन गर्न लागेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमको परिचयात्मक तथा मानव अधिकार समुहको पुनर्गठन कार्य कैलारी गाउँपालिमा भदौ २७ गते सम्पन्न भएको छ । कैलारी गाउँपालिकालाई मानव अधिकारमैत्री बनाउन र परियोजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न मानबहादुर चौधरीको अध्यक्षतामा १० सदस्यीय मानव अधिकार समुह गठन कार्य सम्पन्न गर्नुको साथै सञ्चालन गरिने कार्यक्रमका गतिविधिहरुको बारेमा छलफल गरिएको हो । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सामाजिक न्याय स्थापित गर्न नागरिकको सुरक्षा, सहभागिता र पारदर्शिताका लागि दुरदराजका जनताका लागि आभारभूत मौलिक हक प्रत्याभूत गराउन र स्थानीय तहमा भौतिक विकास मात्र नभई मानविय विकासका लागि मानव अधिकार समुहका पदाधिकारीहरुले स्थानीय स्तरमा सहकार्य गर्नु पर्ने बताउनु भयो । कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले इन्सेकले गर्ने कार्यक्रममा गाउँपालिकाबाट गर्नु पर्ने सहयोग र सहकार्य गरिने र मानव अधिकार समुह लगायतसँग मिलेर काम गर्ने प्रतिवद्धता जाहेर गर्दै विद्यालयमा बालबालिकलाई कार्यकम मार्फत सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती चौधरीले कार्यक्रम समय सान्दर्भिक रहेकाले आफ्नो तर्फबाट इन्सेक र मानव अधिकार समुहलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर ऐरले इन्सेकले कैलारी गाउँपालिकामा कार्यक्रम तय गर्दा स्थानीयहरुको आवश्यकता पहिचान गरी कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव दिनु भयो । महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बालबालिकाको क्षेत्रमा काम गर्दा अरु संघसंस्थाले गरेको स्थान भन्दा फरक स्थानमा कार्यक्रम सञ्चालन गर्दा दोहोरो पन नहुने, प्रतिवेदन पनि सही आउने, गाउँपालिकाबाट सुझाव दिन सहज हुने बताउँदै बालबालिकाको क्षमता अविबृद्धीमा कार्यक्रम सञ्चालन गर्न अग्रह गर्नु भयो । कैलारी गाउँपालिकामा गठन गरिएको मानव अधिकार समुहमा अध्यक्षमा मानबहादुर चौधरी, उपाध्यक्षमा गिता चौधरी, सचिवमा ज्ञानु चौधरी, सदस्यमा लक्ष्मी भुल, केदारनाथ चौधरी, गितादेवी चौधरी, विफ्नी चौधरी, नागेश्वरी चौधरी, बसन्त चौधरी र कुलराज चौधरी रहनु भएको छ । यसैगरी इन्सेकको आयोजनामा कैलारी गाउँपालिका—७ भुइयाफाँटास्थित राष्ट्रिय माध्यामिक विद्यालयमा एलिना चौधरीको अध्यक्षतामा १६ सदस्यीय र सोही गाउँपालिका–५ पवेरास्थित जनकल्याण माविमा अंकित चौधरीको अध्यक्षतामा १६ सदस्यीय बाल अधिकार चेतना समुह भदौ २८ गते गठन गरिएको छ ।
मैनामोती चौधरी
HUMAN RIGHTS NEWS PORTAL






