प्रदेश स्तरीय बाल अधिकार सञ्जाल गठन
सुर्खेत । ०७९ माघ १ गते
कर्णाली प्रदेश स्तरीय मानव अधिकार सञ्जालको गठन पुस ३० गते वीरेन्द्रनगरमा गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा दैलेख जिल्लाको दुल्लु नगरपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा गठन गरिएको बाल अधिकार समूहको सहभागीतामा प्रदेश स्तरीय ९ सदस्य बाल अधिकार सञ्जाल गठन गरिएको हो । बाल अधिकार सञ्जालको संयोजकमा जनज्योति नमुना माध्यमिक विद्यालय बडिचौर का कक्षा ८ मा अध्यनरत छात्र सनिल सिंह सुनार चयन हुनु भएको छ । सदस्यमा सुन्दर नेपाली कम्पोसा लुहार, सुनिता रिमाल, निर्मला खड्का विमला योगी, ओम प्रकाश घर्ति, सरस्वती भण्डारी तथा विष्णु कँडेल चयन हुनुभएको छ ।
बाल अधिकार सञ्जाल प्रदेश का दुइ जिल्ला दैलेखको दुल्लु नगरपालिका र चामुण्डाविन्द्रासैनी नगरपालीका तथा सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका का दुई ओटा बिद्यालय अन्तरगत रहेर सञ्जाल गठन गरिएको इन्सेक कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापाले जानकारी दिनु भयो । संजाल ले स्थानीय स्तरमा देखिएका बाल अधिकार तथा वातावरण संरक्षण सम्बन्धि बिभिन्न समस्याको पहिचान गरी छलफल गर्ने र प्रदेश सरकारलाइ जवाफ देही बनाउने उदेश्यले संजाल गठन गरिएको उहाँले बताउनु भयो ।
प्रभाकुमारी रावत