








अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले प्रकासन गर्दे आएको नेपाल मानब अधिकार बर्ष पुस्तक २०२० को प्रकासन पुर्व बर्ष भरी जिल्लामा घटेका मानब अधिकार उल्लघङनका घटनाहरुको समिक्षा सम्पन्न भएको छ ।
ईन्सेक मुगु जिल्ला प्रनिधीले आयोजन गरेको नेपाल मानब अधिकार बर्ष पुस्तकको बार्षिक पुुर्व समिक्षा कार्यक्रम सरोकारवाला निकायहरुको सहभागितामा सदरमुकाम गमगढीमा पुस ३ गते प्रकासन पुर्वको जिल्लमा घटेका मानअधिकार उल्ङघनका घट्नाहरुको बारे समिक्षा सम्पन्न भएको हो ।
जिल्ला प्रतिनिधी जीवन सेजुवालले २०१९ जनवरी देखि हालसम्म राज्य ,गैर राज्य तथा अन्य पक्षले गरेका मानब अधिकारका २९ वटा घटना सबै सरोकारवाल निकायलाई प्रस्तुत गरेको कार्यक्रमा । सहभागिहरुले मानअबिकार बर्ष पुस्तक पिडितहरुको न्यायको दस्ताबेज भएकाले यसमा सत्य तथ्य घट्नाहरु समेटनु पर्ने सुझाब दिनु भएको हो ।
समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सरकार मानबअधिकारको संरक्षक भएकाले आफना देशका हरेक नागरिकलाई कुनै पनी अधिकारबाट टाढा रहेको चाहान्न तर कुनै कनुै प्रकारले राज्य मानब अधिकारको संरक्षणमा चुकेको हुन सक्छ यस्तो अबस्थामा यो बर्ष पुस्तकले राज्यलाई मानब अधिकारको क्षेत्रमा सचेत बनाउने काम गरेको बताउनु भयो ।
ईन्सेक जिल्ला प्रतिनीधीले प्रस्तुत गरेका २९ घट्ना मध्ये धेरै जसो महिला हिंसाका घटना रहेका छन । जिल्लामा महिला अधिकारको घट्ना बढनुले महिला मानब अधिकारका शिक्षा कमजोरी भएको हो । ईन्सेकले बर्ष पुस्तकमा घट्ना मात्र प्रकासन गर्ने काम मात्रै नगरी महिला अधिकार सम्बन्धि सचेतनाका कार्यक्रम पनी ल्याउनु जिल्ला समन्वय समितिमुगुका काबा संयोजक कर्णसिला मल्लले बताउनु भयो ।
नेपाल प्रत्रकार महाँसघका काबा अध्यक्ष दान बुढाले ईन्सेकले प्रकासन गर्दै आएको बर्ष पुस्तकमा राज्य तथा गैर राज्य र अन्य समुहबाट हुदै आएका मानबआधिकार उल्घनका घटना प्रकासन गर्दै राज्यलाई मानब अधिकारको संरक्षणकोलागी दबाब सिर्जना गर्दै आएको छ । त्यसैले यसमा सत्य तथ्य घट्ना मात्र समेटिनु पर्ने बताउनु भयो ।
समिक्षा कार्यक्रममा प्रस्तुत गरिएका २९ घट्नाहरु मध्ये ९ नागरिक तथा राजनितीक १० महिला अधिकार २ बालअधिकार र ८ वटा आर्थिक सामजिक तथा संस्कृतिक अधिकारका घटना रहेका छन । कार्याक्रमा २२ जनाको सहभागिता रहेको थियो ।