बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
बर्दिया । २०८१ असार २३ गते
१६ वर्षीया बलात्कार पीडित बालिकाको परिवारलाई इन्सेकले ०८१ असार १९ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।
पीडित बालिकालाई ४० वर्षीय बुबाले ०७९ जेठ महिनादेखि साउन महिनासम्म पटक पटक र र १४ वर्षीय भाइले ०८० पुस महिनादेखि फागुन महिनासम्म पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । घटनाका आरोपितलाई जेठ २७ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।
प्रहरीले आरोपितहरूविरुद्ध सरकारी वकिल कार्यालय मार्फत असार १६ गते जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गर्यो । जिल्ला अदालतका न्यायाधीश कलमप्रसाद ज्ञवालीको असार १७ गतेको इजलासले आरोपित बालकलाई अभिभावकको जिम्मा लगाउने आदेश दियो भने आरोपित बुबा विरुद्ध असार १९ गते मुद्धा दर्ता गरेकोमा जिल्ला अदालतको असार २० गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
प्रकाश पौडेल