बालअधिकार सम्बन्धी तालिम सम्पन्न
स्याङ्जा । २०८० साउन २२ गते
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखरा र अमोर सेवा नेपाल फेदिखोला स्याङ्जाको आयोजनामा अमोर बाल गृहमा रहेका बालबालिकाहरुको लागी साउन २० गते बालअधिकार सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै फेदिखोला(१ का वार्ड अध्यक्ष अमृत क्षेत्रीले बालअधिकार असाध्यै महत्वपुर्ण बिषय रहेकोले बालबालिकाको लागी आफ्नो वडाले पनि कार्यक्रमहरु समावेश गरेको बताउदै आगामी दिनमा बालअधिकार सम्बन्धी कार्यक्रमहरु इन्सेक संग सहकार्य गरेर सञ्चालन गर्ने जानकारी गराउनुभयो ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले अहिले देखी नै बालबालिकाहरुलाई उनिहरुको अधिकार र कर्तव्यको बारेमा सचेत र सुसुचित गर्न सकेमा समाजको सुयोग्य नागरिक तयार हुने विश्वास व्यक्त गर्नुभयो । एक दिने बालअधिकार सम्बन्धी तालिममा बालअधिकार, ऐतिहासिक विकासक्रम, संविधानमा बालअधिकार, बालबालिका सम्बन्धी ऐन २०७५ लगायतका विषयमा इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेल र फोकल पर्सन सबनम शर्माले सहजीकरण गर्नुभएको थियो । विगत आठ वर्ष देखि सञ्चालित अमोर बाल गृहमा हाल ११ जना बालिका र १९ जना बालकहरु गरि जम्मा ३० जना बालबालिका रहेका छन ।
समीक्षा ढकाल
HUMAN RIGHTS NEWS PORTAL






