बालविवाह न्यूनिकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

कालीकोट । २०८० कात्तिक १९ गते

इन्सेकको आयोजना र मानव अधिकार रक्षक जिल्ला सञ्जालको समन्वयमा बालविवाह न्यूनिकरणका लागि कानुनी सचेतनाकार्यक्रमकार्तिक १८ गते खाँडाचक्र नपा–१ कोइरेलगाउँमा सम्पन्न भएको छ । बालविवाह जस्तो कुप्रथा सोहीगाउँमा धेरै भएको हुनाले अन्त्य तथा न्यूनिकरण गर्नका लागि जिल्लाको विकट दलित बस्तीहरुमा कानुनी सचेतना कार्यक्रम सञ्चालन भएको हो । ‘बालविवाहबाट पीडित भएकाहरुलाई कानुनको पहुँच पुर्याउनु’भन्ने नारा सहित आयोजना गरिएको सचेतना कार्यक्रममा नेपाल बार एशोसिएसन कालिकोटका अध्यक्ष एवम कार्यक्रमका सहजकर्ता अमलराज शाहीले कार्यस्थलमा हुने बालविवाह र त्यसका असरहरु,जातीय विभेद,महिलामाथि हुने हिंसा,छाउपडि प्रथा, यौन हिंसा अन्त्य गर्ने विषयमा छलफल गरिएको छ । सचेतना कार्यक्रममा मानव अधिकार रक्षक जिल्ला सञ्जालका सदस्य गिता वलिले ७० प्रतिशतले गाउँमा बालविवाह न्युनिकरणका लागि लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । साथै उहाँले बालविवाह गर्न सघाउनेहरुलाई कानुनी सजाय,जातीय भेदभाव उन्मुलनसम्बन्धी ऐन कानुनका विषयमा सहभागीहरुका बीच छलफल गर्नु भएको थियो ।

    

यसै गरी निशुल्क कानुनी सहायता,वैतनिक वकिलसम्बन्धी सुविधा र घरेलु हिंसा कसुर सजाय ऐन,बालबालिकामाथि हुर्ने दुव्र्यवहार तथा यसको नियन्त्रणका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न प्रकारका हिंसाका घटनामा परी पीडित भएका विपन्नहरुलाई छिटो छरितो न्यायको पहुँचसम्म पुग्नका लागि सिफारिस संयन्त्रको गठन भएको र यसका काम कर्तव्यका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विपन्न बालबालिका,बालविवाह गरेका पीडित भएका जोडीहरु, महिला दलित विभिन्न हिंसाबाट पीडित भएका स्थानीयको सहभागिता रहेको थियो ।

कालीबहादुर मल्ल