बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
कैलाली । २०८० चैत २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८० चैत २३ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले बाल अधिकार चेतना समूहका पदाधिकारीहरु तथा विद्यार्थीहरुले वार्षीक परीक्षापछिको खाली समयमा विभिन्न प्रकारका शिपमूलक शिक्षा तथा मोबाइल प्रविधिको सदुपयोग गरेर शिक्षा तथा ज्ञान हासिल गर्न आग्रह गर्नु भयो । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका कार्यक्रम फोकल पर्सन राजकुमार चौधरीले बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको सक्रियाताका कारण विद्यालयमा दिइने दिवाखाजा सन्तुलित भए नभएको, सेनेटरी प्यड निःशुल्क पउलब्ध भए नभएको, विद्यालयमा पाठ्पुस्तक समयमै वितरण भए नभएको र दरबन्दी अनुसार शिक्षकहरु भए नभएको बारेमा सूचनाहरु प्राप्त भएकोले आगामी योजना बनाउन सहज भएको बताउनु भयो ।
बाल अधिकार चेतना समूहकी अध्यक्ष आरती सेठीले विद्यालयमा करेसाबारी र बगँैचा निर्माण तथा शिक्षकहरुले विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेकाले समयमा पाठ्यक्रम सकिएकाले परीक्षामा सहज भएको बताउनु भयो । बाल अधिकार चेतना समूहका सदस्य दिपेश विष्टले विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयमा मनोमानी भएकाले शिक्षक, विद्यार्थीलाई समस्यामा भएको र समयमा पाठ्यक्रम नसकिदा विद्यार्थीहरुमा शिक्षण सिकाईमा कमि आएको गुनासो गर्नु भयो ।
मैनामोती चौधरी