बाल अधिकार चेतना समूहद्वारा प्रभातफेरी
धनुषा । ०७८ मङ्सिर ५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार चेतना समूहले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धनुषामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालय र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित श्री क्षिरेश्वर माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको आयोजनामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
बाल विवाह, बालश्रम, बाल शोषण अन्त्य गरौँ, बालमैत्री समाज निमार्णमा सहयोग गरौँ, हसुवा खुर्पी कातमे कापी कलम हातमे, बाल विवाह जिन्दगी तवाहलगायतको प्ले कार्ड प्रदर्शन गरेको बाल अधिकार चेतना समूह नक्टाझिजका अध्यक्ष दिवेशकुमार महतोले बताउनुभयो ।
मिथिला नगरपालिका–२ नक्टाझिजबाट सुरु गरिएको प्रभातफेरी, क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित श्री क्षिरेश्वर माध्यमिक विद्यालय महेन्द्रनगरमा पुगेर कोणसभामा परिणत भई समापन गरिएको थियो ।
दिपेन्द्रप्रसाद सिंह