बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
कास्की । २०७९ असोज ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयको आयोजनामा दुई दिने असोज २७ र २८ गते मादी गाउँपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममा सम्पन्न गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष देविजङ्ग गुरुङले तालिमले बालबालिकाको क्षमता विकासमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले बालबालिकाका अधिकारलाई प्रत्याभुत गराउन प्रतिबद्ध रहेको भनाइ राख्नु भयो । सो अवसरमा उहाँले तालिमबाट सिकेका विषयलाई व्यवहारिक रुपमा लागु गर्न विद्यार्थीहरूलाई आग्रह समेत गर्नु भयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण आर्यालले संविधानले बालबालिकाका अधिकारलाई सुनिश्चित गरेको भन्दै त्यसको कार्यन्वयनमा जोड दिनु भयो ।
महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख पुर्णकुमारी गुरुङले बालबालिकाहरूको क्षमता विकासका लागि गाउँपालिकाले सक्दो पहल र कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले स्थानीय सरकार र नागरिक सङ्घसंस्थाको समन्वयमा समग्र मानव अधिकार सुनिश्चितताका लागि कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । तालिमबाट सिकेका कुरालाई समाज अनि व्यक्तिगत जीवनमा पनि उपयोग गर्न बालबालिकालाई उहाँले आग्रह गर्नु भयो । ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने’ कार्यक्रम अन्तर्गत बाल अधिकार समूहका विद्यार्थीलाई बाल अधिकारसम्बन्धी तालिम प्रदान गरिएको इन्सेक सहजकर्ता सुष्मा आचार्यले बताउनु भयो ।
सुशन घिमिरे