बाल अधिकार समूहद्वारा जातीय छुवाछूत तथा लैङ्गिक विभेद विरुद्धसडक नाटक प्रदर्शन
सुर्खेत । २०८० वैशाख २२ गते
पञ्चपुरी नगरपालिका – ५ स्थित श्री विद्याज्योति मावि बाबियाचौरमा इन्सेकद्वारा गठित विद्याज्योति सहनशील बाल अधिकार समूहले वैशाख १९ गते जातीय छुवाछूत तथा लैङ्गिक विभेद विरुद्धकाे सडक नाटक प्रदर्शन गरेको छ । नाटकमा समाजमा देखिएका जातीय छुवाछूत तथा लैङ्गिक विभेद विरुद्धको बिषयबस्तु मुख्यरुपमा उठान गरिएका थिए । सडक नाटक प्रदर्शन कार्यक्रममा बोल्दै वडा नम्बर -५ वडाअध्यक्ष नगेन्द्र बहादुर शाहीले यस्ता कार्यक्रम लाई प्राथामिकता दिनुपर्ने र यस्ता विभेद गर्नेलाई कारवाही गर्नुपर्ने बताउनु भयो ।
यसै गरी बिद्या ज्योती माविका शिक्षक शेर बहादुर देउवाले जातीय छुवाछूत तथा लैङ्गिक विभेद न्यूनीकरण गर्नका लागि विद्यालयस्तर बाट नै सचेत बनाउनुपर्ने बताउनुभयो । यस्ता गतिविधि ले समाजमा छिटो प्रभाव पार्ने भएकाले स्थानीय सरकारले पनि जोड दिनु पर्ने सुझाव पनि दिनुभयो । नाटक प्रर्दशनमा स्थानीयबासी, विभिन्न सङघ संस्था प्रतिनिधि , विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रभाकुमारी रावत