बाल अधिकार समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

मकवानपुर । २०८० जेठ २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-३ स्थित सुर्योदय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाहविरुद्ध ०८० जेठ १ गते पलासेमा सडक नाटक प्रदर्शन गरेको छ । बालविवाह गर्दा व्यक्तिगत तथा सामाजिक समस्याहरू धेरै उत्पन्न हुने र समाजमा यस्ता समस्याहरू रोकथामको प्रयास गर्न सबैको सहभागिता हुनुपर्नेमा जोड दिइएको छ । राक्सिराङ गाउँपालिकामा बढदो बालविवाहविरुद्ध सचेतिकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको सडक नाटकमा सानो उमेरमा विवाह गर्दा बालबालिकाहरू शिक्षाबाट वञ्चित हुने, घरेलु हिंसामा पर्ने र स्वास्थ्यमा गम्भीर असर पार्ने जस्ता विषयहरू समेटिएको थियो ।

         

बाल अधिकार चेतना समूहको अध्यक्ष कञ्चन मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सिताराम सुबेदीको रहेको थियो । बालबालिकाको लागि व्यक्तित्व विकासका लागि संस्थाले बेलाबेलामा तालिम र अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो । नाटकको माध्यामद्वारा सचेतना पुर्‍याउने विद्यार्थी प्रती उहाँले आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सुर्योदय माध्यामिक विद्यालयका प्रधानाध्यापक सिताराम सुबेदी, प्रजा माविका विद्यालय व्यवस्थापन अध्यक्ष, प्रजा माविको शिक्षिका शर्मिला पौडेल, सुर्योदय माविको सहायक प्रधानाध्यापक लगाएतकाको आतिथ्यता रहेको थियो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा