बाल अधिकार समूह पुर्नगठन तथा वार्षिक कार्ययोजना निर्माण

दैलेख । २०८० मङ्सिर २६ गते

अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ स्थित जनता माध्यमिक विद्यालय बस्तेकोटमा गठित बाल अधिकार समूहको पुर्नगठनसँगै स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक मङ्सिर २५ गते सम्पन्न भएको छ । विद्यालयमा गरिने शैक्षिक विकास, बाल अधिकार प्रवद्र्धन, विद्यालयमा बालमैत्री वातावरण निम्ति शिक्षक तथा अभिभावकसँगको सहकार्यसम्बन्धी समस्या पहिचान गर्नुसँगै पहिचान गरिएका समस्याहरुलाई समााधान गर्न कार्ययोजना निर्माण कार्य सम्पन्न भएको इन्सेकका जिल्ला सहजकर्ता कलमबहादुर नेपालीले बताउनु भयो ।

   

बैठकले पहिचान गरिएका समस्याहरुमा समाजमा जातीय विभेद, महिला माथि हुने छाउपडी प्रथा, बहुबिवाह, कथित बोक्सीको आरोप लगायतका लैंगिक हिंसा, बालबालिकाहरुमा बालविवाह, यौनजन्य दुव्र्यवहार र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावक शिक्षा प्रभावकारी बनाउने सवाल समेत समेटिएको बताइएको छ । बाल अधिकार समुहका अध्यक्ष पुष्पकमल सावद, उपाध्यक्ष निर्मला भण्डारी, सचिव रेखा कर्की, सहसचिव अनिल रेग्मी, कोषअध्यक्ष दिनेश कार्की, सदस्यहरु सागर कार्की, अस्मिता बिक, साबित्रा बिक, बिनोद रेग्मी, मनिसा बिक, कल्पना रेग्मी, रन्जना कार्की र राधिका सुनार छानिनुभएको छ ।

सुनिता सुनार