![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
सल्यान । २०७७ मङ्सिर २५ गते
भ्रष्टाचार रोकथामका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्सिर २४ गते जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वय तथा इन्सेक, हरप्लेस र रेस नेपाल सल्यानको आयोजनामा भएको एक कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन । ‘भ्रष्टाचार बिरुद्धको सहकार्यः सुशासनका लागी अपरिहार्य’ भन्ने नाराका साथ सञ्चालित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले भ्रष्टाचार नगर्ने प्रतिबद्धता सबैले व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । राजनीतिक, सामाजिक, आर्थिक र नैतिक कारणले गर्दा मान्छेहरू भ्रष्टाचार गर्ने गरेको बताउँदै उहाँले यसको रोकथामको लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
जिल्ला स्थित सरकारी तथा सार्वजनिक स्थानमा भएका भ्रष्टाचार तथा अनियमितता भएको खण्डमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले भ्रष्टाचार गर्ने जो कोहीलाइ पनि कानुनी दायरा सम्म पुर्याउन सबैलाइ सहयोग गर्न आग्रह समेत गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले दिवसहरूमा मात्रै भ्रष्टाचार गर्दिन भनेर हस्ताक्षर वा प्रतिवद्धताले मात्रै भ्रष्टाचार न्युनिकरण हुन नसक्ने बताउँदै हरेक नागरिकले आफैबाट यसको सुरुवात गर्नु पर्ने बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले सहजिकरण गरेको कार्यक्रममा तीन बुँदे भ्रष्टाचार विरूद्धको प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
मिना बुढाथोकी