मधेस प्रदेशमा प्रदेश स्तरीय बाल अधिकार समूह र मानव अधिकार समूह गठन

धनुषा । २०७९ फागुन ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा धनुषा र सप्तरी जिल्लाको पालिकाहरूमा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मधेस प्रदेशको प्रदेश स्तरीय बाल अधिकार समूह र मानव अधिकार समूह फागुन २९ गते जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच गठन गरिएको छ । इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको विशेष उपस्थितिमा गठन गरिएको बाल अधिकार समूहमा हरिचन्द्र साहको नेतृत्व रहेको छ ।साहको नेतृत्वमा प्रदेश स्तरीय बाल अधिकार समूहको १४ सदस्यीय समिति गठन गरिएको हो । उपाध्यक्षमा करिना कुमारी सरदार, सचिव राज यादव, कोषाध्यक्ष उमा कुमारी महतो, सदस्य सचिव देवेन्द्र कुमार महतो, महासचिव जय प्रकाश दास र सदस्यहरूमा कन्चन मण्डल, अमन चौधरी, अनुराग कुमार महतो, प्रीति महतो, रञ्जु कुमारी महरा, भुमिका सिंह रहेका छन् ।

  

त्यस्तै पूजा साहको अध्यक्षतामा प्रदेश स्तरीय मानव अधिकार समूह गठन गरिएको छ । उपाध्यक्षमा संतोष कुमार चौधरी, सचिव दिवेश कुमार महतो, सह–सचिव हरिनारायण दास, कोषाध्यक्षमा शंकर कुमार साह, सदस्यहरूमा शिवशंकर राम, दिनेश प्रसाद खंग , पुल्कित भगत, मोहन कुमार महतो, सरिता कुमारी राय, लक्ष्मी कुमारी महतो, अनिता परियार, सुनिता लोहनी, देवकी सुनुवार, सजनी देवी सरदार रहेका छन् भने सल्लाहकारमा पशुपति महतो र केशवराज चौहान रहेका छन् । कार्यक्रममा ईन्सेक मधेस प्रदेश कार्यालयका पदाधिकारीहरू, बाल अधिकार सचेतना समूहका संरक्षक शिक्षकहरू, बाल क्लबका पदाधिकारीहरू र मानव अधिकार समूहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

दिपेन्द्र प्रसाद सिंह