मध्यबिन्दुका दुई विद्यालयमा बाल अधिकार समूह गठन
नवलपरासी (सुस्ता पूर्व) । २०७९ असोज २८ गते
नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाका दुई विद्यालयमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकद्वारा सञ्चालित परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि मध्यविन्दु नगरपालिकामा छनोट भएका दुई विद्यालयमा बाल अधिकार समूहको गठन गरिएको हो । मध्यविन्दु नपा–९ को नेपाल लोकसेवा मावि र मध्यविन्दु नपा–१५ को ज्ञानोदय मावि मा असोज २८ गते १५/१५ सदस्यीय बाल अधिकार समूह गठन गरिएको हो । लोकसेवा मावि मा बालकृष्ण पाण्डेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रोजी मल्ल, सचिवमा विकास ढकाल, सह सचिवमा शान्ति परियार, कोषाध्यक्षमा यशोदा राना, सदस्यहरुमा अनिष ज्ञवाली, प्राप्ति कुमाल, सौगात मल्ल, दिलु मिधुन, रोशनी रेग्मी, सायना कुमाल, प्रसुना सोती, अमृत सापकोटा, समीक्षा भुसाल र अनुज कुमाललाई चयन गरिएको छ । त्यसैगरी ज्ञानोदय माविमा शितल चौधरीको अध्यक्षता १५ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सविना खान, सचिवमा श्याम चौधरी, सहसचिवमा श्रेया बर्मा, कोषाध्यक्षमा अनुप बिक, सदस्यहरूमा स्मृति तामाङ, विष्णु बिक, स्रीमोन चौधरी, दिपेश चौधरी, लिलु गाहा, रितिका थनेत, युवराज कार्की, अम्बिका परियार, आकाश कुमाललाई चयन गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले इन्सेकको परिचय सहित मानव अधिकार शिक्षा परियोजनाको बारेमा जानकारी गराउनु भएको थियो । नेपाल लोकसेवा माविका प्रधानाध्यापक लेखराज भण्डारीले बालबालिकालाई रचनात्मक तथा सिर्जनात्मक कार्य गर्नका लागि नवगठित समितिलाई सुझाव दिनु भयो । नव गठित समितिलाई विद्यालयबाट आवश्यक सहयोग रहने भण्डारीले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर रायमाझीले विद्यालयका बालबालिकाको क्षमता अभिबृद्धिमा इन्सेकको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । ज्ञानोदय माविमा गरिएको कार्यक्रममा मध्यविन्दु नगर शिक्षा समिति सदस्य एवम् शिक्षक अर्जुन खनालले समूहले नियमित रुपमा विद्यालयका क्रियाकलापको नेतृत्व सहित आफ्नो व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । विद्यालयका निमित्त प्रध्यानाध्यापक धनबहादुर घर्तिले मध्यविन्दु नगरपालिका भित्रका सामुदायिक विद्यालयहरू मध्ये ज्ञानोदय माविलाई छनोट गरी इन्सेकमार्फत कार्यक्रमहरू सञ्चालन गर्न लागिएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
तिर्थराज डुम्रे
HUMAN RIGHTS NEWS PORTAL






