महामारीमाले नागरिक समाजमा पारेको असर विषयक छलफल कार्यक्रम सम्पन्न

सुर्खेत । २०७८ पुस ८ गते

कोभिड महामारी र विपदको समयमा नागरिक ससं घसंस्थाहरूको भूमिकालाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागीहरूले औंल्याएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस ८ गते वीरेन्द्रनगरमा आयोजना गरेको माहामारी र विपदमा नागरिक समाजमा पारेको असर विषयक छलफलमा सहभागीहरूले सो कुरा औंल्याएका हुन । सहभागीहरूले कोभिड महामारीको समयमा राज्यले नागरिक संघ संस्थाहरूलाई समन्वय गर्न नखोज्नुको साथै उनीहरूको दायित्व पुरा गर्ने क्रममासमेत रोक लगाएको उल्लेख गरेका थिए । संघ, प्रदेश तथा स्थानीय तहले आफू अनुकुल नागरिक संघ संस्थाहरूबाट आर्थिक तथा भौतिक सहयोगको अपेक्षा गरेपनि सहज रूपमा औषधि लगायतका स्वास्थ्य सामग्री वितरण गर्न नदिएको उनीहरूको भनाइ थियो ।

माहामारी र विपदको समयमा राज्यले नागरिक संघसंस्थाहरूलाई नागरिक स्तरमा संवाद गर्न नदिएको तथा राज्यसँगको संवादबाट बञ्चित गरिएकोले नागरिक संघसंस्थाहरूको अवस्था खुम्चिदै गएको सुन्दर नेपालका कार्यकारी निर्देशक भुपेन्द्र शाहीले बताउनुभयो । कोभिड माहामारीको समयमा सबैभन्दा बढी मिडिया चपेटामा परेको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्ययक्ष ललित बसेलको भनाइ थियो । यस्तै कोभिडको समयमा राज्यले जातिय विभेद, अपाङ्गता, बालबालिका, महिला, ज्येष्ठ नागरिक, शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार कुण्ठित पारेको पनि उनीहरूको आरोप थियो ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दिपेन्द्र रोकायाले विपदको समयमा सरकार र गैरसरकारी दुवैतर्फबाट संयुक्त रूपमा काम गरेर जोखिममा रहेका व्यक्ति तथा समुदायको हितमा काम गर्नुपर्ने धारणा राख्नुभयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाईले महामारी र विपदले नागरिक समाजमा पारेको असरको बारेमा गरिएको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत