महिलाहरू सशक्त भएर लाग्नु पर्नेमा जोड
बाँके । २०७८ फागुन २५ गते
महिलाहरू सशक्त सशक्त भएर लाग्नु पर्नेमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारूले जोड दिनु भएको छ । राप्ती सोनारी गाउँपालिकाको आयोजना तथा इन्सेकलगायत सङ्घ संस्थाको सहकार्यमा फागुन २४ गते आयोजित ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बोल्दै अध्यक्ष थारूले उक्त कुरामा जोड दिनु भएको हो । अध्यक्ष थारूले स्थानीय तहमा दुबै पदमा महिलाको उम्मेद्वारीलाई नकार्न नसक्ने अवस्थालाई मध्यनजर गरेर महिलाहरू अझ सशक्त हुन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समयमा भने महिलाहरू आर्थिकरुपमा सक्षम हुँदैगएको बताउनु भयो ।
महिला विरूद्ध हुने हिंसा सबै क्षेत्र र तहबाट एकवद्ध भई काम गर्नु पर्ने गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेशका फोकल पर्सन सरस्वती मल्लले स्थानीय तहले मानव अधिकारमैत्री कानुनहरू निर्माण गरी अगाडि बढेकोमा प्रशंसा गर्दै अझैपनि मानव अधिकार सम्बर्धनका लागि धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । कार्यक्रम प्रभात फेरीबाट सुरू भएर अन्तरक्रियाका साथै सचेतना मूलक कार्यक्रमहरू गरेर सपन्न भएको थियो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज