








बाँके । २०७८ मङ्सिर २४ गते
लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तर्गत इन्सेक नेपालगञ्जलगायत सङ्घ संस्थाको अयोजनामा नेपालगञ्जमा मङ्सिर २३ गते महिला अधिकार र कानुनी प्रावधानसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा अनेम समितिकी केन्द्रीय सदस्य शान्ति ढकालले आफूले हिंसालाई सहेर नबस्ने, आफुले पनि हिंसा नगर्ने, बताउदै हिंसा भए त्यसको प्रतिकार गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । अनेम समितिकी केन्द्रीय सदस्य दिपा शर्माले महिलाको हकमा थुप्रै कानुन बनेकोले कानुनको विषयमा अध्ययन गर्न आवश्यक रहेको बताउदै कानुनलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्नका लागि राज्यलालई झक झक्याउने आवश्यक रहेको बताउनु भयो ।
इन्सेक नेपालगन्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले नागरिकले अधिकारलाई मात्र नभएर आफ्नो कर्तव्यलाई पनि ध्यान दिनु पर्ने बताउँदै आफूले जहिले पनि पीडितको पक्षमा पैरवी गरेको बताउनु भयो । सञ्चारकर्मी मोहम्मदहारुन हलवाईले अहिलेको समयमा महिला मात्र नभएर पुरुष पनि हिंसामा परेको बताउदै लैङ्गिक हिंसा विरूद्ध सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । अधिवक्ता सुनिता ज्ञवलिले घरेलु हिंसा, संविधान र कानुनी प्रावधानको बारेमा सहजिकरण गर्नु भएको थियो ।
स्मृति देवकोटा