मानवअधिकार समूहद्वारा गाउँपालिकामा मानवअधिकार प्रवर्द्धन कार्यक्रम समावेश गर्न प्रस्तावना पेश

कास्की । २०८१ असार ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानवअधिकार समूहद्वारा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आगामि आर्थिक वर्षको निति तथा कार्यक्रममा मानवअधिकार प्रवर्द्धन कार्यक्रमलाई समावेश गर्नका लागि बजेट सहितको प्रस्तावना पेश गरेको छ ।

इन्सेक सहजकर्ता सुस्मा आचार्य अधिकारी र मानवअधिकार समूहका कोषाध्यक्ष प्रेम कुमारी अधिकारीले उक्त प्रस्तावना गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङ समक्ष पेश गर्नु भएको हो ।

माछापुच्छ्रे गाउँपालिका– ४ का वडा अध्यक्ष मधुसुदन अधिकारी र कार्यपालिका सदस्य राजु नेपालीले मानवअधिकारका लागि छुट्टै मस्यौदा बनेको र भैरहेको कार्यक्रम पनि निरन्तर गरिने जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले बजेटको खाका अनुसार संभावित कार्यक्रम आफ्नो निति तथा कार्यक्रममा समावेश गर्न आँफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा