मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कास्की । २०८० चैत ३ गते

गण्डकी प्रदेश सरकार र इन्सेकको समन्वयमा कास्कीको माछापुच्छ्रे  गाउँपालिका– ४ को महेन्द्र माध्यमिक विद्यालयमा मानव अधिकार तथा कानुनी सचेतना तथा साइबर अपराध र कानुनी व्यवस्थासम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका कानुन सचिव शम्भुराज रेग्मीले कानुन प्रत्यक्ष मानव अधिकारसँग जोडिएको हुनाले सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले कानुन बनाउने सार्वभौम अधिकार जनतामा रहेको बताउदै बालबालिकाका कसुर विरुद्ध कानुनी सहायता, उपभोक्ताको अधिकार जस्ता विषयमा पनि जानकारी गराउनुभएको थियो ।

   

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धरले प्रस्तुति गर्नुभएको थियो । उहाँले कानुन तथा अपराध साइबार अपराधको विषयमा प्रस्तुतीकरण दिनुभएको हो । कार्यक्रममा माछापुच्छे« गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले काम गर्दा मानव अधिकारका कुरालाई ध्यान दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा इन्सेक गण्डकी संयोजक शिव खकुरेलले यस्ता कार्यक्रमले  घरेलु हिंसा तथा बाल हिंसा कम हुने बताउनुभयो । उहाँले इन्सेकले गर्ने यस्ता कार्यक्रमले देश भरिनै सचेतनाको जागरण फैलिएको जानकारी दिनुभयो ।

सन्जय रानाभाट