मानव अधिकार रक्षकहरु जोखिममा रहेको निष्कर्ष

कञ्चनपुर । २०७७ भदौ ३० गते

 

मानव अधिकारको संरक्षण र सम्बद्र्धनका क्षेत्रमा काम गर्ने मानव अधिकार रक्षकहरु जोखिममा रहेको एक कार्यक्रममा सहभागिहरुले निष्कर्ष निकालेका छन ।

डिसिएको आर्थिक सहयोग र इन्सेक, कञ्चनपुरको आयोजनमा भदौ २९ गते महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरुको सवलिकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो निष्कर्ष निकालेका हुन् ।

मानव अधिकार निगरानी समुहका अध्यक्ष पुनमसिंह चन्दले मानव अधिकार रक्षकहरुलाई काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिने किसमका कार्यक्रम गरेर सवलिकरण गरिनु पर्ने बताउनु भयो ।

गैर सरकारी संस्था महासघ, कञ्चनपुरका अध्यक्ष नरेश शिलालले  मानव अधिकार रक्षकहरुले दलित, महिला, बालबालिकाका सवालहरुलाई एकल रुपमा नभई साँझा सवालका रुपमा लिएर साझा सञ्जाल निर्माण गरी बहस पैरवी गर्नु पर्ने बताउनु भयो ।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलास बारका अध्यक्ष उद्धबराज भट्टले मानव अधिकार रक्षकहरुमाथि पछिल्लो समयमा (कोभिड–१९) आक्रमणका घटनाहरुमा बृद्धि भएकोले रक्षकहरुलाई अधिकारको संरक्षण गर्न र जोखिम कम गर्न मानव अधिकार रक्षकहरु एकजुट हुनु पर्ने बताउनु भयो ।

मानव अधिकार निगरानी समुहका अध्यक्ष पुनमसिंह चन्दको संयोजकत्वमा नौ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालसमेत गठन गरिएको छ ।

मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष चन्दले सञ्जालले मानव अधिकार रक्षकहरुको संरक्षण, सम्बर्द्धन र सवलिकरणका क्षेत्रमा काम गर्ने बताउनु भयो ।

कोमलनिरन्जन भाट