मानव अधिकार रक्षक सञ्जालका सदस्यका लागि तीन दिने तालिम
सुर्खेत । २०७८ चैत १ गते
स्थानीय तहमा क्रियाशील मानव अधिकार रक्षक सञ्जालका सदस्यहरुका लागि तीन दिने मानव अधिकार तालिम फागुन ३० गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा सुरु गरिएको तालिममा इन्सेककी व्यवस्थापन प्रमुख सुबेच्छा खड्काले तालिमले मानव अधिकार रक्षाको क्षेत्रमा थप सहयोग पुग्ने बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि तालिममार्फत सिकेका कुराले मानव अधिकारको क्षेत्रमा पैरवी गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो । तालिममा मानव अधिकारको परीचय र विकासक्रम, मानव अधिकार रक्षकहरूको अधिकार, भूमिका तथा उत्तरदायित्व, लिङ्ग, लैङ्गिक विभेद र सकारात्मक परिवर्तनलगायतका विषयमा छलफल हुने मानव अधिकार रक्षकको अधिकार सम्बोधन कार्यक्रमका संयोजक किरण पौडेलले बताउनु भयो । उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिममा दैलेख र सुर्खेत जिल्लामा क्रियाशील स्थानीय मानव अधिकार सञ्जालका ३३ जना सदस्यहरूको सहभागिता रहेको छ ।
पूर्णबहादुर खड्का