मानव अधिकार रक्षक सञ्जाल गठन
हुम्ला । २०७७ चैत १० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत १० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपे्रक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग पुर्याउने उदेश्यका साथ सञ्जाल गठन गरिएको हो ।
अधिकारकर्मी राजन रावतको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको छ । सदस्यहरूमा गैसस महासंघका कोषाध्यक्ष तिलसरा विक, जिल्ला अपाङ्ग महासंघका सदस्य हरि ऐडी, मानव अधिकार संगठनका सदस्य राजन रावत, जिल्ला बारयसोशियनका सचिव राजन चन्द, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष गंगा बोहरा, पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहरा, आदिवासी जनजाती महासंघका सदस्य भक्तराज ऐडी, किर्डाक नेपाल हुम्लाका लेखा प्रमुख कुलबहादुर लामा रहनुभएको छ ।
यस्तै गुडनेवर्स नेपाल हुम्लाका कार्यालय प्रमुख विरेन्द्र चौधरी, महिला कल्याण कार्यालयका लेखापाल टाप्का जिक्मेत लामा, दलित गैसस महासंघका सदस्य मिमसिंह नेपाली, उधोग बाणिज्य संघका उपाध्यक्ष छक्क रोकाया, अधिकारकर्मी लोग भण्डारी, खाद्य अधिकार सञ्जालका सदस्य बाँचु रावत, बालक्लवका जिल्ला अध्यक्ष निर्मला हमाल, सीमान्तकृत महिला समूहका छपाल लामा, हिमाली नविन समाजका फिल्ड कोडिनेटर नवराज रावत र सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंह रहनु भएको छ । जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरे लगतै समितिले सोहि दिन दिउँसो १ बजे हुम्लामा विधुत आर्पुतिमा समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको ध्यानार्कषण गराउँदै ज्ञापन पत्र समेत बुझाएको समितिका संयोजक राजन रावतले बताउनु भयो ।
नन्द सिंह