मानव अधिकार रक्षक सञ्जाल गठन
डडेल्धुरा । २०७७ भदौ २५ गते
डडेल्धुरा जिल्लामा क्रियाशिल मानव अधिकारकर्मीहरूको भेलाले बिहीबार जिल्ला अदालत बार इकाइ डडेल्धुराका पूर्व अध्यक्ष अधिवक्ता विष्णु भट्टको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार सञ्जाल गठन गरिएको छ ।
सञ्जालमा पत्रकारहरू राम धामी, उत्तर विष्ट, बरुण पनेरु, हिक्मत सिंह, ममता भट्टका साथै अधिकारकर्मीहरू धानादेवी जैरु, पदमा भण्डारी र सुन्दर जैरु सदस्य रहेका छन् भने सदस्य सचिवमा इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भूपेन्द्र विष्ट छन् ।
डीसीएको सहयोगमा इन्सेकद्वारा आयोजित मानव अधिकार रक्षकहरूको सवलीकरण विषयक कार्यशाला गोष्ठी सम्पन्न भएपछि जिल्ला अदालत बार इकाइ डडेल्धुराका पूर्व अध्यक्ष अधिवक्ता विष्णु भट्टको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो ।
नवगठित सञ्जालले जिल्लास्तरमा मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण गर्दै मानव अधिकारकर्मीहरूको सवलीकरणमा योगदान पु¥याउने संयोजक भट्टले जानकारी दिनुभयो । साथै, मानव अधिकार संरक्षणका लागि क्रियाशिल सबै अधिकारकर्मीहरूलाई समेटेर मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भुपेन्द्र विष्ट