मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षा कार्यक्रम सम्पन्न

धादिङ । २०७८ मङ्सिर २४ गते

७३ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्लामा मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न भयो ।

इन्सेक, डेक नेपाल, सहयात्री समाज नेपाल लगायतका जिल्लामा क्रियाशिल नागरिक संस्थाहरूको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मानव अधिकारप्रति प्रतिवद्धता जनाउँदै नागरिकको लागि सरकारले लागु गरेका कार्यक्रमलाई सबैको सामु पुर्‍याउने बताउनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामुले स्थानीय सरकारहरूसँग समन्वय गर्दै मानव अधिकार प्रत्याभूतिका लागि संस्थागत रूपमा पहल गर्ने बताउनुभयो ।

250198205_772170983632770_7908970986152305854_n 263816714_221961270070694_7059338497746883140_n 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राकेश सिंहले जिल्ला प्रहरी कार्यालयमा अपाङ्गता भएका र जातीय छुवाछुतमा पर्नेहरूको सहजताका लागि हेल्प डेस्क राख्ने र मानव अधिकार संरक्षणमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ मा प्रकाशन गरिने घटनाका बारेमा पूर्व समीक्षा गरिएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले जिल्लामा सन् २०२१ मा कुटपिटमा चार, हत्यामा तीन जना, बालविवाहमा एक, बालिका बलात्कारमा पाँच जना, बालयौन दुर्व्यवहारमा तीन जना, विद्यालयमा बालबालिका माथि गरेको दुर्व्यवहारमा १ सय ५० जना, घरेलु हिंसामा चार जना, बहुविवाहमा ३तीन जना, महिला बलात्कारमा चार जना, महिला बलात्कार प्रयासमा तीन जना र कथित बोक्सी आरोपमा एक जना पीडित भएको तत्थ्य तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

265084008_1026949888084920_2692034708791888228_nकार्यक्रममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका बारेमा अधिवक्ता राधिका सापकोटा, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजाल, गैरसरकारी क्षेत्रको मानव अधिकारआन्दोलनका बारेमा गैसस महासङ्घ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल, अपाङ्गताको क्षेत्रमा अपाङ्ग कल्याण सङ्घ गजुरीका अध्यक्ष गुणराज खतिवडा, दलित अधिकारका बारेमा दलित सेवासंङ्घका अध्यक्ष श्याम मगराती, अपाङ्गताका क्षेत्रमा कार्यरत अधिकारकर्मी शिव श्रेष्ठ, लगायतले मानव अधिकारका विषयमा सरकारले ध्यान दिन नसकेकोले ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा सम्पन्न कार्याक्रममा रिता गुभाजु, रामकुमार श्रेष्ठ, रोशन कोइराला, दिपा अधिकारी, हर्क तामाङ, लगायतले आफूले भोगेका समस्याका बारेमा मानव अधिकारकर्मी र राज्यलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा