मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

रसुवा । २०८१ असार २९ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा तथा रसुवाको मानव अधिकार अवस्था बारे छलफल ०८० असार २९ गते सम्पन्न भयो । इन्सेक जिल्ला प्रतिनिधिले जिल्लाभर हालसम्म १ जनाको हत्या, एक जना बलत्कार, महिला हिंसाका घटना दुई , घरेलु हिंसाका तीन गरी सात ओटा घटना इन्सेकको अभिलेखमा रहेको जानकारी दिए । रसुवा जिल्लाको मानव अधिकारको अवस्था बारे समेत सो कार्यक्रममा छलफल भएको भयो  ।

    

जिल्ला समन्वय प्रमुख अशेक घिमिरे, नेकपा एमाले जिल्ला नेता विष्णु पौडेल, जिल्ला समन्वय समिति सदस्य खुवाप्रसाद पौडेल, टीका देवकोटालगायत सरोकारवालाहरूको सहभागितामा रसुवाको मानव अधिकार अवस्था बारे आफ्नो धारणा गख्नुभयो । नागरिक समाजका तर्फबाट झंकनाथ न्यौपाने, हरिप्रसाद ढकाल, प्रेम पौडेललगाएतका सरोकारवालाहरूले  राष्ट्रिय मानवअधिकार कार्ययोजना निर्माण कार्यन्वयन गर्न तथा गाउँ गाउँमा मानव अधिकार बारे सचेतना जगाउन नसकेको बताए । स्थानीय सरकारले राष्ट्रिय मानव अधिकार कार्ययोजना प्रति प्रति ध्यान नदिएको सरोकारवालाहरूले बताए ।

हेमनाथ खतिवडा