मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको उप प्रमुखलाई ज्ञापन पत्र

मकवानपुर । २०८० मङ्सिर १३ गते

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि राक्सिराङ्ग गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले राक्सिराङ गाउँपालिकाको उप प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम अन्तर्गत २०७९ सालदेखि सक्रिय रूपमा राक्सिराङ गाउँपालिका स्तरीय मानव अधिकार समूह क्रियाशील रहँदै आएको हो । उक्त समूहले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य महिला बालबालिका तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा स्थानीय सेवाग्राही र सेवा प्रदायक निकायहरूमा विभिन्न जानकारी आदन प्रदानमा सहजता र सेवाप्रवाहमा सबैको पहुँच पुऱ्याउनका लागि मध्यस्थकर्ताको भूमिकानिर्वाह गर्दै आइरहेको मानव अधिकार समूहका संयोजक चन्द्रमान प्रजाले बताउनु भयो ।

उहाँले ०८० असोज १६ गते सम्पन्न बैठकले राक्सिराङ्ग गाउँपालिकाको शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र वातावरण लगाएतका क्षेत्रमा तपशिलका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको र सोही अनुसार ज्ञापन पत्रमा उल्लेख गरी देखिएका समस्याहरू समाधान गर्नको लागि राक्सिराङ गाउँपालिकाको उप प्रमुख बनस्थम थिङ र कार्यकारी प्रमुख देवचन्द्र गर्तौलालाई ज्ञापन पत्र बुझाएको बताउनु भयो । राक्सिराङ गाउँपालिकाको उप प्रमुख बनस्थम थिङले ज्ञापन पत्र बुझ्दै गाउँपालिकाको शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

पुष्पराज अधिकारी