मानव अधिकार संरक्षणका लागि कार्ययोजना तयार
सल्यान । २०७७ असोज २२ गते
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेकद्वारा शारदा नगरपालिकामा गठित मानव अधिकार समूहले असोज २१ गते वार्षीक कार्ययोजना तयार गरेको छ । वार्षिक कार्ययोजनामा बालबालिकालाइ शिक्षण सिकाइ सहज रुपमा पहुँच पुर्याउन सम्बन्धित निकायको ध्यानार्षण गर्ने, क्वारेण्टिन निर्माण गरेका विद्यालय खाली गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने र निजि तथा सामुदायिक विद्यालयहरुले वैकल्पिक व्यवस्था गरि शिक्षण सिकाइ गर्नुपर्ने विषयलाई समावेश गरीएको छ । यस्तै बजार अनुगमन तथा खाद्य सचेतनाका लागि सम्बन्धित निकायलाइ घचघच्याउने र भुमिहीनको तथ्याङ्क संकलन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लगायतका विषय पनि समावेश गरिएको मानव अधिकार समुहका अध्यक्ष मुना हमालले बताउनुभयो ।
सम्बन्धित सरोकारवालाहरूलाइ थप जवाफदेही बनाउने उद्देश्यले वार्षिक कार्ययोजना बनाएर अगाडी बढ्ने अध्यक्ष हमालको भनाई छ ।इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकी तथा इएलपी परियोजनाका जिल्ला संयोजक रामचन्द्र रेग्मीको सहभागितामा सम्पन्न कार्यक्रममा शिक्षा स्वास्थ्य, खाद्य र आवासका विषयमा छलफल भएको थियो । कार्यक्रमको सञ्चालन मानव अधिकार समूहका सदस्य सचिव शिव डांगीले गर्नु भएको थियो ।
मिना बुढाथोकी