





सुर्खेत । २०७७ कात्तिक २१ गते
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले मानव अधिकार संरक्षण सम्बद्र्धनमा युवाहरू सशक्त हुनुपर्नेमा जोड दिनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले कात्तिक २० गते आयोजना गरेको निबन्ध तथा कात्तिक २१ गते वक्तृत्वकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार एवम् प्रमाण पत्र वितरण गर्दै सो कुरामा जोड दिनु भएको हो । मानव अधिकारको सुनिश्चिता नभएसम्म समग्र मुलुकको विकास सम्भव नभएकोले यसका लागि युवाहरू जागरूक हुनुपर्ने उपप्रमुख ढकालको भनाई थियो । युवाहरु भविष्यका कर्णधार र संवाहक भएको चर्चा गर्दै मानव अधिकार सुनिश्चितताका लागि युवाहरु नजुटेसम्म नागरिकहरूको मानव अधिकारको प्रत्याभुति हुन नसक्ने ढकालको भनाइ थियो । कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले युवाहरूलाई मानव अधिकारप्रति भोग जगाई मानव अधिकार संरक्षण, सम्बद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
इन्सेकद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता मानव अधिकार सुदृढिकरण परियोजना अन्तर्गत कात्तिक २० गते सम्पन्न “सभ्य समाज निमार्णमा युवाहरूको भुमिका” विषयक निबन्ध प्रतियोगितामा जन मावि वीरेन्द्रनगरका नवीन कडेंल प्रथम, त्रिपुरेश्वर मावि ढोडेखालीका धीरेन्द्र सापकोटा दोस्रो, अम्मर ज्योति मावि नेवारेका सलिना ढकाल तेस्रो तथा जनमाविकै पुजा ढकालले चौथो स्थान हासिल गर्नुभएको थियो । यस्तै २१ गते सम्पन्न “मानव अधिकार संरक्षणमा युवाहरूको भुमिका विषयक” वक्तृत्वकला प्रतियोगितामा जनमाविका जेति देवकोटा र पुजा पाठक क्रमश पहिलो र दोस्रो, संस्कृत तथा साधारण मावि इत्रामका रितु खडका तेश्रो तथा अम्मर ज्योति मावि नेवारेका रुपक अधिकारी चौथो हुनु भएको थियो ।
दुवै प्रतियोगिताका प्रथम हुनेलाई प्रसंशा पत्र सहित ७ हजार, दास्रोलाई ५ हजार ५ सय, तेस्रोलाई ४ हजार ५ सय र चौथोलाई ३ हजारका दरले युवा विद्यार्थीहरूका लागि उपयोगि पुस्तक तथा स्टेशनरीका सामग्रीहरू प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत सोम चौधरीले बताउनु भयो । वक्तृत्वकला प्रतियोगितको निर्णायक मण्डलमा मध्यपश्चिमाञ्चल विश्व विद्यालय मानविकी संकायका पुर्व डिन पिताम्बर ढकाल, मप विश्व विद्यालय मानविकी संकायका सहायक डिन कमलेश डिसी र मप विश्व विद्यालयका उपप्रध्यापक युवराज शर्मा रहनु भएको थियो ।
दुर्गा थापा