मानव अधिकार समूहको परिचालन बैठक सम्पन्न

चितवन । २०८० माघ १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले इच्छाकामना गाउँपालिका-४ मा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा मानव अधिकार समूहको परिचालन बैठक ०८० माघ १५ गते सम्पन्न भएको छ । उक्त बैठक मानव अधिकार समूहले जातीय विभेद महिला विरुद्ध हुने हिंसा वातावरणीय हकजस्ता विषयमा इन्सेक, स्थानीय सरकार, मानव अधिकार समूहको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामनाको मानव अधिकार समूहले विभिन्न समयमा विभिन्न सचेतनामुलक कार्यक्रमहरू र गाउँपालिकाको सेवा प्रवाहलाई कसरी अगाडि बढाएको छ भनेर धेरै पटक आफूहरूलाई सचेत गराउने काम भएको बताउनु भयो । उहाँले उक्त कार्यक्रमहरूबाट सल्लाह सुझाव दिने गरेको हुँदा सही रूपले सेवा प्रवाह गर्नलाई आफू सधैँ तत्पर भइरहेको उल्लेख गर्नुभयो । इच्छाकामना गाउँपालिका-४ का वडा अध्यक्ष रुद्र उप्रेतिले समाजमा हुने जातीय विभेद र महिलामाथि हुने हिंसा इच्छाकामना गाउँपालिका भित्र हेर्ने हो भने कार्यालयमा यी विषयका समस्याहरू नआएको बताउनु भयो ।

उहाँले आफ्नो वडामा पीडित आउन नसकेको हो वा नभएको हो अहिलेको कार्यकाल समयसम्म कोही पनि नआएको बताउनु भयो । वडा अध्यक्ष उप्रेतिले आफ्नो कार्यक्षेत्रमा यस्तो अवस्था नदेखिएको बताउनु भयो । चितवन जिल्ला इन्सेक प्रतिनिधिले अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने यस इच्छाकामना क्षेत्रभित्र भयावह रूपमै जातीय विभेद र महिला विरुद्ध हुने हिंसा जस्ता मानव अधिकार उल्लङ्घनका घटनाहरू नरहेको बताउनु भयो । त्यसैगरी मानव अधिकार समूहको संयोजक पार्वती गिरिले स्थानीय तहमा भएका समस्याहरू समाधान गर्नको लागि मानव अधिकार समूहले पटक पटक स्थानीय तहमा ज्ञापनपत्र बुझाउने गरेको बताउनु भयो । उक्त कार्यक्रममा प्रहरी, इन्सेक जिल्ला प्रतिनिधि, सहजकर्ता, मानव अधिकार समूहका सदस्यहरू, इच्छाकामना गाउँपालिका अध्यक्ष, इच्छाकामना गाउपालिका-४ का वडा अध्यक्ष, शाखा प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

दिपेन्द्र अधिकारी