








बाँके । २०७८ भदौ ९ गते
इन्सेकद्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत राप्ती सोनारी गाउँपालिकामा भदौ ९ गते मानव अधिकार समूहको पुर्नगठन गरिएको छ । धनि वलीको ससंयोजकत्वमा ११ सदस्यीय समूह गठन गरिएको छ । सचिवमा प्रेम चौधरी, सदस्यहरूमा माया चौधरी, लक्ष्मी चौधरी, डम्मर डांगी , चमेली बागवल, पुर्ण चौधरी, मनिषा खड्का ,पार्वती नेपाली, शुसील चौधरी, हिमा परियार, सरिता गिरी चयन भएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले मानव अधिकारकर्मीहरूले मानिसहरूको अधिकारलाई मात्र नभएर उनीहरूलाई आफ्नो कर्तव्यको बारेमा पनि बुझाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बाल अधिकारका विषयहरू उत्थान गर्नको लागि राप्ती सोनारी गाउँपालिकाका विद्यालयहरूमा बाल अधिकार चेतना समूह गठन गरिने बताउनु भयो । उहाँले आफ्नो समुदायमा रहेका समस्याको समाधान गर्न एक्लैले सम्भव नहुने भएकाले सबै एकजुट भएर काम गर्न आग्रह गर्नु भयो ।
राप्ती सोनारी गाउँपालिका स्तरिय मानव अधिकार समूहकी संयोजक धनि वलिले मानव अधिकार समूहले समुदायमा रहेका समस्याहरूको पहिचान गरि समाधानका लागि पहल गरिने बताउदै मानव अधिकार शिक्षा रेडियो कार्यक्रम ग्रामिण क्षेत्रमा नसुनिने भएकाले स्थानीय एफएमबाट प्रसारण गर्न इन्सेकलाई आग्रह गर्नु भयो । राप्ती सोनारी गाउँपालिका शिक्षा शाखाका निमित्त प्रमुख राममणी बस्नेतले आधारभुत तहसम्म निशुल्क शिक्षाको व्यवस्था गरिएको बताउदै कुनैपनि बहानामा विद्यालयहरूमा शुल्क लिएको पाइएमा जानकारी गराउन आग्रह गर्नु भयो । राप्ती सोनारी गाउँपालिका – ३ का वडा अध्यक्ष गंगाराम थारूले शिक्षा, स्वास्थ्य र खाद्यको विषयमा अनुगमन फितलो रहेकोले यस विषयमा अनुगमन तिब्र बनाउन आवश्यक रहेको बताउनु भयो ।
स्मृति देवकोटा