मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न

कास्की । २०७९ माघ १७ गते

गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक राखी प्रत्यक्ष वडाको मातहतमा वडा स्तरीय मानव  अधिकार समूह गठन गर्न लागेकोमा खुशी व्यक्त गर्दै मानव अधिकार उल्लङ्घनका घटना न्युनिकरण गर्नकालागी आफु सधैं समूहसङ्ग हातेमालो गर्ने तथा आवश्यक सहयोग गर्न सधैं तयार रहेको भनाई व्यक्त गर्नुभयो । कार्यक्रमका अतिथी इन्द्र गुरुङले मानव अधिकारसम्वन्धि कार्य गर्नका लागी वडा तथा गाउँपालिकाले सम्वोधन गर्न सक्ने सबैखालका कार्यक्रममा आफु सदैव सकारात्मक रहेको कुरा व्यक्त गर्दै अब बन्ने समूहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रमका अध्यक्ष डिल्लीराम भण्डारीले इन्सेकको मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणको अधिकार तथा जातीयविभेद का क्षेत्रमा राखेका लक्ष्य तथा उदेश्य प्राप्तीका लागी वडा देखिनै सचेत रहनु पर्ने बताउँदै वडा स्तरीय समूह गठन गर्न लागेको कुरा जानकारी गराउनुभयो । कार्यक्रममा छलफल गरि पछि सदस्य थप गर्ने गरि ५ सदस्यको वडास्तरीय मानवअधिकार समूह गठन गरिएको छ । समूहमा अध्यक्ष डिलु पुन, उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा भोज वहादुर गुरुङ कोषध्यक्षमा बुद्दिमाया चोचाङ्गी र सदस्यमा खिम प्रसाद गुरुङ रहनुभएको छ । उक्त कार्यक्रमको सहजीकरण कास्की जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले गर्नुभंएको थियो भने सञ्चालन समूहका सचिव खडान्नद गौतमले गर्नुभएको थियो ।

नारायण क्षेत्री