मानव अधिकार समूहको बैठक सम्पन्न
धनुषा । २०८० असोज ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार समूहका अध्यक्ष सुरज महतो को अध्यक्षतामा बैठक बसेको हो । बैठकमा बटेश्वर गाउँपालिकामा देखिएका मानव अधिकार हनन तथा ज्यादतीकाे घटनाकाबारेमा छलफल गरी पालिका भित्र रहेका विद्यालय, स्वास्थ्य संस्थाहरुको अनुगमन र वृक्षारोपण र सरसफाइ अभियान सरकारी संघ संस्था र कार्यालयहरुमा गर्ने र जनचेतनामूलक कार्यक्रमहरु विभिन्न दिवस वा विशेष दिनको अवसरमा आयोजना गर्ने तथा मानवअधिकार हनन बारे गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
उक्त बैठकमा बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहका उपाध्यक्ष लक्ष्मीदेवी महतो ,सदस्य हरिनारायण दास, सुनिता देवी महतो, सुमनी दास, अनिता कुमारी दास, प्रविन कुमार ठाकुर, सरोज कुमार ठाकुर , सदाम हुसेन, किशोरी पण्डित ,रामहिरदय महासेठ ,हरिनारायण दास को सहभागीता रहेको थियो । बैठकको सहजीकरण अनौपचारिक सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका सहायक अधिकृत बरुण बस्यालले गर्नु भएको थियो ।
सन्ताेषा कुमार यादब