मानव अधिकार समूहको बैठक सम्पन्न
कास्की । २०८० फागुन १४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा कास्कीको माछापुच्छ्रेमा गठित मानव अधिकार समूहको बैठक फागुन ११ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकमा मानव अधिकार समूहलाई गाउँपालिकामा सूचिकृत गर्ने विषयमा छलफल गरिएको थियो । उक्त छलफलबाट समूहलाई सूचिकृत गर्न संस्थाको विधान तथा सदस्यहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित फागुन मसान्त सम्ममा गाउँपालिकाको कार्यलयमा पेश गर्ने निर्णय गरिएको हो ।
छलफलमा समूहलाई माछापुच्छ्रे गाउँपालिकामा सूचिकृत गर्नका लागि माछापुच्छ्रे गाउँपालिका– ४ लाहाचोक बाट संस्था दर्ता सम्बन्धी सिफारिस लिने विषयमा निर्णय गरिएको थियो । साथै इन्सेक सहजकर्ता सुस्मा आचार्य अधिकारीलाई समूहको सदस्यको रुपमा कायम गरिएको निर्णय गरिएको थियो । उक्त बैठकमा मानव अधिकार समूहका अध्यक्ष सहित माछापुच्छ्रे गाउँपालिका– ४ का वडा अध्यक्ष मधुसुदन अधिकारी, सचिव भुवदेव अधिकारी तथा मानव अधिकार समूहकी उपाध्यक्ष सुनिता परियार रोका, कोषाध्यक्ष प्रेम कुमारी अधिकारी र सदस्यहरु शोभामोहन लम्साल, रमा अधिकारी, देवी अधिकारी, केशकुमारी गुरुङ र सहजकर्ता सुस्मा आचार्य अधिकारीको उपस्थिति रहेको थियो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा