मानव अधिकार समूहद्वारा बाटो सरसफाई

दैलेख । २०७८ भदौ २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तरगत दैलेखको नारायण नगरपालिकामा गठन भएको मानव अधिकार समूहले भदौ २६ गते सदरमुकामस्थित जिल्ला अदालतबाट शान्ति कलौनी हुँदै टुडिखेल धारा जानेबाटो सरसफाई गरेको छ । ज्वालामुखी होटलदेखि शान्ति कलौनी नजिकसम्म करिव ३ सय मीटर बाटोमा सिस्नो, एैसेलु लगायतका काँडाहरू र झारपातले बाटो साँघुरो र फोहोर भएकोले सरसफाई गरिएको मानव अधिकार समूहका संयोजक रेखा थापाले बताउनुभयो ।

संयोजक थापाका अनुसार नगरपालिकाका कार्यपालिका सदस्य शंकर बयलकोटी, नारायण नगरपालिका–१ का वडासदस्य रमेश केसी, वडासचिव गोपाल श्रेष्ठ र मानव अधिकार समूहका सदस्यहरूको सहभागितामा सरसफाई कार्य गरिएको थियो ।

समस्या पहिचान तथा समूहको कार्ययोजना निर्माण वैठकले नारायण नगरपालिकाको विभिन्न स्थानमा खानेपानी व्यवस्थापन, रातामाटे–नमूनाबस्ती लगायतका स्थानमा भूमिहीनलाई जग्गा प्राप्त, जनता आवासको प्रभावकारिता लगायत कृषि, शिक्षा र स्वास्थ्य सवालमा के कसरी काम गर्ने भनी जनप्रतिनिधि समेतको रोहवरमा कार्ययोजना निर्माण गरेको समूहले जनाएको छ ।

अमर सुनार