मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा तथा आगामी कार्ययोजना र रणनीतिक बैठक
धनुषा । २०८० पुस ३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नगरपालिकामा मानव अधिकार समूहको मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा तथा आगामी कार्ययोजना र रणनीतिक सम्बन्धमा बैठक ०८० मङ्सिर २७ गते सम्पन्न भएको छ । उक्त बैठकमा मानव अधिकार समुहले शिक्षा ,स्वास्थ्य ,वातावरण र सबै प्रकारका समस्याहरूको आगमी कार्ययोजना,ध्यानाकर्षण ,रणनीतिक र सम्बन्धमा बैठक बसि निर्माय गरेका छन् । मिथिला नगरपालिका भित्र भएको समस्याहरू विगतमा भएको कार्ययोजना विविध रूपमा सम्पन्न गर्ने निर्माय गरियो । सरसफाइ विषयमा वातावरण शाखा लाई ध्यानाकर्षण गराउने , र मिथिला नगरपालिका भित्र कुनै पनि ठाउँ वा गाउँ घरमा समस्या परेको सरसफाइ वातावरण अभियान संचालन गर्ने छन्।
यस मिथिला नगरपालिका मानव अधिकार समुहले स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक ०८० कार्तिक ०२ गते निर्णय गरेको समस्या लाई मानव अधिकार समुहका अध्यक्ष ,सम्पुर्ण सदस्य र इन्सेक बाट खटाएको जिल्ला सहजकर्ता सहित मिति ०८० पुस ०२ गते का दिन मिथिला नगरपालिका ढल्केवार,धनुषाको कार्यलयमा गहेर ध्यानाकर्षण बुझाऊने निर्णय गरिएको छ। उक्त कार्यक्रममा मिथिला नगरपालिका मानवअधिकार समूहका अध्यक्ष मोहन कुमार महत्तोले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै मानव अधिकारी समुहद्वारा सम्पन्न कार्यको समिक्षा तथा आगमी कार्ययोजना र रणनीतिक सम्बन्धमा अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मानव अधिकार समूहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरणको अधिकार तथा जातीय विभेदसम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गरिरहेको महत्तोले बताउनुभयो ।
सन्ताेषा कुमार यादव