मानव अधिकार समूह कोशी पुनः गठन
सुनसरी । २०७८ माघ २५ गते
कोशी गाउँपालिकामा मानव अधिकार समूह पुनः गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत गठन गरिएको मानव अधिकार समूह राजकुमार शर्माको अध्यक्षतामा माघ २५ गते पुन गठन गरिएको हो । समूहको उपाध्यक्षमा श्यामकुमार खङ्ग, सचिवमा विष्णुकुमार यादव, सहसचिवमा रीना मण्डल र कोषाध्यक्षमा चन्द्रकला नेपाल चयन हुनु भएको छ ।
सदस्यहरूमा गीता पौडैल, अञ्जुम खातुन, ब्रजेशकुमार यादव, मुस्ताक आलम र सल्लाहकारमा निर्वतमान अध्यक्ष अनिता उराँव र पत्रकार पनव रौनियार चयन हुनु भएको छ । मानव अधिकार समूहको बैठकले कोशीमा रहेको वडाहरूको समस्या पहिचानका लागि समूहले अनुगमन गर्ने, सुकुम्बासी सम्बन्धी लगत सङ्कलनमा गाउँपालिकालाई सहजीकरण गरिदिने, गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको अवस्था विश्लेषणसहित ज्ञापनपत्र बुझाउने, सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने र समूहलाई थप सक्रिय बनाउने निर्णय गरिएको छ । मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथि पहुँचका लागि मागदावी गर्न नागरिकलाई क्षमता वृद्धि गर्ने र अधिकारहरूको परिपूर्तिको लागि स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जबाफदेही बनाउने भूमिका निर्वाह गर्दै आएको छ ।
जयकृष्ण यादव