मानव अधिकार समूह गठन तथा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

बाँके  । २०७९ असोज ६ गते

इन्सेक बाँकेको आयोजनामा खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समुह गठन तथा परियोजना परिचयात्मक कार्यक्रम असोज ५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रम भेलाले कौशिया यादवको संयोजकत्वमा नौ सदस्यीय समूह गठन गरेको गर्नुको साथै उक्त गाउँपालिकास्थित जनकल्याण मावि र  नेरा माविमा कार्यक्रम सञ्चालन गर्नका लागि छनौट गरेको छ । कार्यक्रममा खजुरा गाउँपालिका–७वडा अध्यक्ष रामगोपाल यादवले मधेशी समुदायको बाहुल्यता भएको रहेको ठाउँमा  घरेलु हिंसाका घटना बढी भएकोले मानव अधिकार समूहले सचेतनाका कार्यक्रम ल्याउने अपेक्षा गरेको बताउनु भयो ।

इन्सेक अभियान तथा कार्यक्रमका बारमो कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले जानकारी गराउनुको साथै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा अधिकार सुनिश्चित गर्न पहल गर्न कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा स्थानिय समुदायका अगुवा, समाजसेवी, सङ्घ संस्था प्रतिनिधि जन प्रतिनिधि, गाउँपालिका विषयगत शाखा प्रमुख , प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो ।

लक्ष्मी थारू