मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण

सप्तरी । २०८० पुस १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिका मानव अधिकार समूहले वडा नम्बर–१ कबिलासा टोलमा वडा स्तरीय मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण बैठक ०८० पुस ८ गते सम्पन्न गरेको छ । नगर मानव अधिकार समूहद्वारा गठित वडा नम्बर–१ स्तरीय मानव अधिकार समूहको अध्यक्षमा बसन्ती कुमारी सदालाई चयन गरेको छ । सदाको अध्यक्षतामा २२ सदस्यीय समूह गठन गरिएको इन्सेक जिल्ला सहजकर्ता अजय परियारले जानकारी दिनु भयो । कार्यक्रममा वडा अध्यक्ष प्रितमलाल चौधरीले महिला हिंसा र बाल विवाह विरुद्ध, शिक्षाबाट बञ्चित बालबालिकाहरूका लागि स्थानीय तहबाट हुन सक्ने कार्यहरुको पहल भइरहेको बताउनु भयो । इन्सेक र मानव अधिकार समूहलाई वडा कार्यालयबाट सहयोग रहने वडा अध्यक्ष चौधरीले प्रतिबद्धता जनाउनु भयो ।

   

मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले मानव भएर आफ्नो अधिकारबारे थाहा पाउनु पर्ने मौलिक हक रहेको बताउनु भयो । आफू र आफ्नो समुदायमा भइरहेको हिंसाका विरुद्ध तथा अधिकारबाट बञ्चित ब्यक्तिहरूलाई न्यायसम्म पुर्‍याउने पहल समूहले गर्ने बताउनु हुँदै अध्यक्ष मण्डडले वडा–वडाबाट समूह गठन हुँदा सम्पूर्ण पीडितको पहिचान भई न्यायको पहल गर्न सरल हुने बताउनु भयो । नगर मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलको अध्ष्क्षतमा भएको कार्यक्रममा मुसा अन्सारी, सुनिता सरदारलगागतको सहभागिता रहेको थियो । बैठकको समन्वय गर्दै इन्सेक सप्तरी सहजकर्ता परियारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्यबारे प्रकाश पार्नु भएको थियो । 

मनोहरकुमार पोखरेल