मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम सुरू
बाँके । २०७९ मङ्सिर २८ गते
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा मानव अधिकार समुह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम मङसिर २८ गते देखि सुरू भएको छ । कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार समूह र स्थानिय सरोकारवालासँगको समन्वय गरि शिक्षा ,स्वास्थ्य ,वातावारण र लैङ्गिक विभेद सम्बधी साझा बुझाइका लागि तालिमको आयोजना गरिएको बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा मानव अधिकारको अवधारणा र इन्सेक अभियान ,आर्थिक ,सामाजिक, तथा सांस्कृतिक अधिकार लैङ्गिक हिंसा तथा कानुनी प्रावधान, मौलिक हक र न्यायीक समितिको काम कर्तव्य अधिकारको विषयमा सहजिकरण गरिने कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताउनु भयो । तालिममा जानकी गाउँपालिका र खजुरा गाउँपालिकाको मानव अधिकार समूह तथा विषयगत सरोकारवालाहरू, न्यायीक समितिलगायतको सहभागिता रहेको छ
लक्ष्मी थारू