मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान

कपिलवस्तु । २०७९ चैत १६ गते

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र समन्वय अधिकारी भूमिराम पोख्रेललाई प्रदान गर्नु भएको हो । कपिलवस्तु जिल्लामा जिल्ला समन्वय समितीको प्रमुख संयोजक रहने गरी अनुगमन समिती निर्माण गर्नुगर्ने दायित्व राज्यको भएकोले  प्रकाशित पुस्तक हस्तान्तरण गर्ने क्रममा कपिलवस्तु जिल्लाका जिल्ला समन्वय समिती प्रमुख र समन्वय अधिकारीलाई भेटगरी नेपाल सरकारबाट प्रकाशित पुस्तक मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजना प्रदान गर्नु भएको हो ।

संयोजक महले नेपाल विभिन्न मानव अधिकार सम्बन्धि राष्ट्रिय अन्तराष्ट्रि सन्धी महासंधिहरुको पक्षराष्ट्र रहेको छ । मानव अधिकार सम्बन्धी विभिन्न सन्धी महासंधीहरूको कार्यान्वयनको सम्बन्धमा आवधिकरुपमा विभिन्न खालका प्रतिवेदनहरू नेपाल सरकारबाट संयुक्त राष्ट्रसंघमा बुझाउनु पर्ने बताउदै यसलाई प्रभावकारी बनाउन नेपाल सरकारले मानव अधिकार कार्ययोजना निती अवलम्बन गरेको बताउनु भयो । इन्सेकले पाँचौ राष्ट्रिय मानव अधिकारका कार्ययोजनालाई कार्यान्वयन गर्नका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको संयोजक महतले बताउनु भयो । जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले यो नेपाल सरकारको काम भएकोले  यसलाई छिट्टै नै जिल्लाका स्थानियतहहरू र विभिन्न सरोकारवालाहरूसँग समन्वय गरी काम अगाडी बढाउने प्रतिवद्धता जनाउनु भयो ।

पार्वती आचार्य