मानव अधिकार सहायता कक्ष प्रभावकारीतासम्बन्धी छलफल सम्पन्न
कैलाली । २०८० वैशाख ११ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढकिो आयोजनामा मानव अधिकार सहायता कक्ष प्रभावकारीतासम्बन्धी छलफल कार्यक्रम वैशाख ११ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरु समस्यामा परेको अवस्थामा उनीहरुको संरक्षण, सम्बद्र्धन र उद्धारका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्ष कोषलाई आगामी दिनमा कसरी थप प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले कुनै पनि मानव अधिकार रक्षकहरु जोखिममा परेपछि सूचना दिने प्रचलन नभएका कारण न्यायको लागि पहल गर्न असहज भइरहेको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरी ज्ञवालीले मानव अधिकार सहायता कक्षमार्फत नागरिकको आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारको सवाललाई उठान गर्न सुक्ष्म अनुगमन गरी तथ्यमा आधारित रहेर राज्यको जिम्मेवार निकायलाई जवाफदेही बनाउनु पर्ने बताउनु भयो ।

मानव अधिकार सहायता कक्ष सञ्चालन समितिका अध्यक्ष देवी खनालले मानव अधिकार सहायता कक्षमार्फत बिभिन्न प्रकारका हिंसामा परेका पीडितलाई गरिएको सहयोग अनुमोदन गर्न र सिफारिस प्रणालीलाई प्रभावकारी बनाउन सबैको सहयोग महत्वपूर्ण रहने बताउनु भयो । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव हरी जोशीले मानव अधिकार सहायता कक्षमार्फत सेवा प्रदायक निकायलाई पारदर्शिता र जवाफदेही बनाउनका लागि अनुगमन गर्नु पर्ने बताउनु भयो । एडभोेकेसी फोरमका संयोजक पुष्पविक्रम शाहीले आवश्यक तथ्य प्रमाण संकलन गर्न सकिएको खण्डमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवाललाई प्रभावकारी बनाउनका लागि न्यायीक प्रक्रियामा जान सकिने बताउनु भयो ।
मैनामोती चौधरी
HUMAN RIGHTS NEWS PORTAL






