मानव बेचबिखनविरूद्ध सडक नाटक प्रदर्शन
चितवन । २०८१ जेठ २८ गते
कालिका नगरपालिका– ९ स्थित चर्तुमुखी माविमा इन्सेकद्वारा गठित बाल अधिकार समूह आयोजनामा जेठ २५ गते मानव बेचबिखनविरूद्ध सडक नाटक प्रदर्शन गरिएको छ । सडक नाटक प्रदर्शनका क्रममा विद्यार्थीहरूले मानव बेचबिखनको आधुनिक शैलीबारे अभिनय गरेका थिए ।
कालिका नगरपालिका शिक्षा शाखा अधिकृत प्रकाश पौडेलले विद्यार्थीहरूको सहभागितामा मानव बेचबिखनविरूद्धको सचेतना मुलक कार्यक्रम हुनु राम्रो विषय भएको बताउनु भयो । इन्सेक बागमती प्रदेशको समन्वयमा उक्त कार्यक्रम भएको जिल्ला सहजकर्ता गायत्री गिरीले बताउनु भयो ।
दिपेन्द्र अधिकारी