राजनीतिक दलहरूले व्यक्त गरेका नौ बुँदे प्रतिबद्धताको सूची प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण

बाँके । २०७९ वैशाख ८ गते

नागरिक समाजले राजनीतिक दलहरूले व्यक्त गरेकाप्रतिबद्धताको नौ बुँदे सूची वैशाख ८ गते प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । नागरिक समाजको प्रतिनिधित्वगर्दै एफडब्लुएलडी अधिवक्ता सुनिलकुमार श्रेष्ठ, फातिमा फाउन्डेसनकी मैमुना सिद्धीकी , मानव अधिकार रक्षक रविन्द्र कर्ण, एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतम र इन्सेकका  टेकनाथ आचार्यको टोलीले उक्त सूचि प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई हस्तान्तरण गरेको हो । प्रजिअ खत्रीले ले स्थनिय निर्वाचनको संघारमा सबै राजनीतिक दलहरूलाई एकै ठाउँमा राखेर निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउनको लागि लिइएको प्रतिवद्धता निकै महत्वपूर्ण रहेको बताउनु भयो ।

खत्रीले राजनीतिक दलहरूले जनाइएका प्रतिबद्धताले आफूहरूलाई सहयोग पुर्याएको बताउदै सबै पक्षबाट गरिने यस्ता दवावले राजनीतिक दलहरूलाई नैतिक दवाव सृजना गर्ने बताउनु भयो । बाँके जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकारलगायतको  उपस्थितिमा ०७८ चैत २४ गते स्थानियतहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन सरोकारवालाहरूको प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रममा जनाइएका प्रतिबद्धताहरू समेटिएको थियो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज