लुम्बिनी प्रदेशमा नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न
बाँके । २०७८ पुस १६ गते
मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि लुम्बिनी प्रदेशमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सम्पादन भेला पुस १६ गते नेपालगन्जमा सम्पन्न गरिएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा प्रदेशभित्रका सबै जिल्लामा अभिलेखिकरण गरिएका मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरूको विवरण सहित सम्पादन गर्नको लागि पुस १५ र १६ गते वार्षिक सम्पादन भेला गरिएको इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठीले जिल्ला प्रतिनिधिहरुलाई सङ्कलित विवरणमा छुटेका र पुष्टि गर्नुपर्ने घटनाको विस्तृत विवरण तयार गर्न सुझाव दिनुभएको थियो । इन्सेक अनलाइन सम्पादक रमेशप्रसाद तिमल्सिनाले नेपाल मानव अधिकार वर्ष पुस्तकलाई उपयोगी बनाउन सम्पादन भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सम्पादन भेलामा उपस्थित जिल्ला प्रतिनिधिहरुले जिल्लाको मानव अधिकार अवस्थाका बारेमा जानकारी गराएका थिए । सन् २०२१ मा लुम्बिनी प्रदेशमा १ हजार ६ सयभन्दा बढी घटना अभिलेख गरिएको जिल्ला प्रतनिधिहिरूले जनाएका छन् ।
स्मृति देवकोटा