लेकबेशीमा सार्वजनिक सुनुवाइ सम्पन्न

सुर्खेत । २०७८ चैत २४ गते

लेकबेशी नगरपालिकाले प्रवाह गर्ने शिक्षा, स्वास्थ्य, खाद्य, तथा आवासको अधिकार र सुविधाको प्रभावकारिता विषयमा चैत २३ गते सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा इएलपी कार्यक्रम अन्तर्गत लेकवेशी नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सम्बन्धमा पहिचान भएका समस्या न्यूनीकरणका लागि नगरपालिकाले प्रतिबद्धता जनाएको छ । कार्यक्रममा नगरप्रमुख गगनसिं सुनारले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा पहिचान भएका समस्या सम्बोधनका लागि नगरपालिका सकारात्मक रहेको बताउनुु भयो ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सम्बन्धमा नगरपालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको भएपनि नगरपालिकामा सीमित स्रोत साधनले अझै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ । नगरपालिकाकी उपप्रमुख शान्तीकुमारी छन्तेलले बजार अनुुगमनसँग सम्बन्धित कार्य गरेको भएपनि अझै प्रभावकारी नभएको स्वीकार गर्दै आगामी दिनमा थप प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले सङ्घीय संरचना अनुसार तीन तहको सरकार भएपनि उचित ऐन, कानुन नभएको र कतिपय बनेका कानुन पनि कार्यान्वयनमा जटिलता देखिएको बताउनुु भयो । सहभागिले नगरपालिकाले प्रवाह गरेको सेवामा ढिलासुुस्ति भएको गुनासो राखेका थिए । नगरले प्रवाह गर्ने काम चुुस्तदुरुस्त हुनुपर्ने भन्दै नगरको विकासलाई गति दिनुपर्नेमा उनीहरूले जोड दिए ।

 

पूर्णबहादुर खड्का